स्वास्थ्य

बागलुङमा छ हजारभन्दा बढी बालबालिकालाई पूर्ण खोप सुनिश्चित

बागलुङ जिल्लामा ६ हजारभन्दा बढी बालबालिकालाई आवश्यक सबै नियमित खोप लगाइएको छ। जिल्ला स्वास्थ्य कार्यालय बागलुङको नेतृत्वमा सञ्चालन भएको खोप अभियानले लक्षित उमेर समूहका बालबालिकालाई पूर्ण खोप सुनिश्चित गर्न सफल भएको हो।

स्वास्थ्य कार्यालयका अनुसार खोप अभियान अन्तर्गत बीसीजी, पेन्टाभ्यालेन्ट, पोलियो, एमआर (मिजल्स–रुवेला), रोटा लगायतका खोप लगाइएका छन्। अभियानमा स्वास्थ्य संस्थाका कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय सरकारको सक्रिय सहभागिता रहेको थियो।

हाल बागलुङ जिल्लामा २०५ वटा खोप केन्द्रबाट तथा २१५ खोप ‘सेसन’मार्फत प्रत्येक महिना खोप तथा सरसफाइ प्रवद्र्धन सेवा प्रवाह हुँदै आएको छ ।

बागलुङ नगरपालिकाका एक हजार १२२, जैमिनी नगरपालिकाका ७७२, गलकोट नगरपालिकाका ७५४, ढोरपाटन नगरपालिकाका एक हजार ६२, बडिगाड गाउँपालिकाका ७९५, निसीखोला गाउँपालिकाका ८२९, तमानखोला गाउँपालिकाका २७७, ताराखोला गाउँपालिकाका १९३, काठेखोला गाउँपालिकाका ४३४, बरेङ गाउँपालिकाका ६४५ बालबालिकालाई सम्पूर्ण खोप लगाइएको प्रमुख सापकोटाले बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x