समाचार

बेलायतको भल्टमा रहेको एक सय टन सुन भारतको केन्द्रीय बैंकले स्वदेशी भल्टमै भित्र्यायो

भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले बेलायतको भल्टमा रहेको एक सय टन सुन स्वदेशी भल्टमै भित्र्याएको छ ।

सोही परिमाणको थप सुन आउँदा महिनामा फेरि स्वदेशमै भित्र्याउने तयारी रहेको पनि जनाइएको छ । भण्डारण क्षेत्रको विविधीकरण तथा लजिस्टिक कारण देखाउँदै भारतले सुन स्वदेशी भल्टमा स्थानान्तरण गरेको हो । मार्चको अन्त्यसम्म भारतको केन्द्रीय बैंकसँग ८२२.१० टन सुन रहेको छ जसमध्ये ४०८.३१ टन सुन स्वदेशी भल्टमै राखिएको छ ।बैंक अफ इङ्गल्यान्डको भल्टमा विश्वका कैयौं देशका केन्द्रीय बैंकले सुन भण्डारण गर्ने गरेका छन् । अस्थिर विनिमयदर तथा भुराजनीतिक जोखिमबीच विश्वभरका केन्द्रीय बैंकले सुन सञ्चय गरिरहेका छन् जसले सुनको मूल्य अझ माथि माथि पुगिरहेको छ ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x