राष्ट्रियसमाचार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, ओली र देउवाबीच बालुवाटारमा भेटवार्ता

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीबीच भेटवार्ता भएकाे छ।

मंगलबार बिहान शीर्ष नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएकाे हाे। स्राेतका अनुसार भेटवार्ता जारी नै रहेकाे छ।

भेटवार्तामा समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

प्रधानन्यायाधीश सिफारिस भएको अवस्थामा संवैधानिक परिषद सम्बन्धी विधेयक अघि बढाउने, सरकारको पूर्वबजेट छ्लफल र नीति कार्यक्रमबारे कुराकानी भएको आचार्यले बताए।

नक्कली भुटानी शरणार्थी प्रकरण चरम उत्कर्षमा पुगेका बेला भेटवार्ता भइरहेको हो। आज भइरहेकाे भेटवार्तालाई चासाेकाे रूपमा हेरिएकाे छ।

source:deshsanchar

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x