राष्ट्रियसमाचार

सवारी चालक अनुमतिपत्र पाँच वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था हटाइँदै

काठमाडौं, सरकारले सवारी चालक अनुमतिपत्र पाँच वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था हटाउने भएको छ ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ड्राइभिङ लाइसेन्स पाँच वर्षमा नवीकरण गर्ने प्रावधानलाई बढाएर १० वर्षमा गर्ने व्यवस्था गर्न लागेको जानकारी दिएका हुन् ।

नवीकरण पाँच वर्षमा छिटो हुने भएकोले यसलाई १० वर्षमा नवीकरण गर्ने कुरा कानुनी रुपमै प्रक्रिया अगाडि बढाएको मन्त्री ज्वालाले बताए  । यसले नयाँ स्मार्ट कार्ड छाप्नका लागि समेत चाप कम हुने मन्त्री ज्वालाको अपेक्षा छ ।

source:newsofnepal

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x