अन्तराष्ट्रियसमाचार

राहुल गान्धी भोलि अदालत जाने, दुई वर्ष जेल सजायको फैसला

भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीले सुरत कोर्टको फैसलाविरुद्ध अपील गर्ने भएका छन्।

चार वर्ष पुरानो मानहानीको मुद्दामा सुरत कोर्टले गरेको दुई वर्ष कैद र १५ हजार रुपैयाँ जरिवानाको फैसलाविरुद्ध राहुलले सोमबार सुरतको सेशन कोर्टमा पुनरावेदन निवेदन दिने भारतीय सञ्चारमाध्यमले जनाएका छन्

सुरत कोर्टले गत मार्च २३ मा राहुललाई चार वर्ष पुरानो मानहानीको मुद्दामा दोषी ठहर गर्दै दुई वर्ष कैद र १५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। उनमाथि ‘सबै चोरको थर मोदी किन हुन्छ?’ भन्ने अभिव्यक्ति दिएको आरोप छ।

राहुलले फैसलाको ११ दिनपछि पुनरावेदन दिन लागेका हुन्।

अदालतको फैसलाको भोलिपल्ट २४ मार्चमा उनको सांसद पदसमेत खारेज गरिएको थियो। सांसद पद खारेज भएसँगै लोकसभाको हाउजिङ कमिटीले राहुललाई सरकारी निवास खाली गर्न नोटिस जारी गरेको थियो।

उनलाई फैसलाविरुद्ध अपील गर्न ३० दिनको समय दिइएको थियो।

source:deshsanchar

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x