मनोरन्जनराष्ट्रियसमाचार

मेयर हर्क साम्पाङलाई, राजेश पायल राईले दिने कोसेली यस्तो छ

केही समय अघिसम्म राम्रै चर्चा पाइरहेका धरानका मेयर हर्क साम्पाङ पछिल्लो समय निकै आलोचित भइरहेका छन्।उनले छिनछिनमा राख्ने फेसबुक स्टाटसका कारण उनको चर्को आलोचना भइरहेको हाे।उनै साम्पाङका नाममा गायक राजेश पायल राईले गीत निकालेका छन्।

साम्पाङको प्रशंसामा निकालिएको गीत सार्वजनिकपछि धेरैले राईको पनि आलोचना गरेका छन्। धेरैले उनको गीतलाई साम्पाङको स्तुति गान भनेर आलोचना गरेका छन्।

सार्वजनिक गीत आलोक चाम्लिङले लेखेका हुन्। गीतमा संगीत मनोज साङसनले गरेका छन्। गायनमा गायक राईलाई शशी किराँतीले साथ दिएकी छन्। आफ्नो नाममा गीत

निकालेपछि साम्पाङले फेसबुकमार्फत गीतमा संलग्न सबैलाई धन्यवाद दिएका छन्।

हर्क साम्पाङबारे राजेश र शशीले गाएको यो दोस्रो गीत हो। यसअघि उनीहरुले ‘पाएँ हर्क साम्पाङ’बोलको गीत सार्वजनिक गरेका थिए।

पछिल्लो गीत ‘सलाम हर्क साम्पाङ’ बोलको हो। गीतमा हर्क साम्पाङलाई नेपालीको शिर, राष्ट्रको गौरव, हुने बिरुवाको चिल्लो पात लगायतका संज्ञा दिएर प्रशंसा गरिएको छ।

source:nepalkhabar

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x